arrow

चीनको सिचुवानमा गयो शक्तिशाली भूकम्प

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
earthquake-china.jpg

छेन्दु ।  चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् ।

घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
स्थानीय समय अनुसार आइतबार बिहान ६.४२ बजे आएको उक्त भूकम्प ५.४ म्याग्नीच्युडको रहेको थियो ।  

भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भत्किएको र अरु २१५ घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।  सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ