arrow

यू-१९ एसिया कपमा नेपालले बंगलादेशलाई दियो २६२ रनको लक्ष्य, पवन र सुन्दीप चम्किए

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
nepal9.jpg

काठमाडौं । श्रीलंकाको पी सारामा जारी यू-१९ एसिया कपको दोस्रो खेलमा नेपालले बंगलादेश बिरुद्ध पहिलो पारीमा ब्याडिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २६१ रनको सम्मानजनक स्कोर बनाएको छ ।

सेमिफानलमा पुग्नका लागि आजको खेल जित्नै पर्ने दवाबमा खेलेको नेपालले  टेष्ट मान्यता प्राप्त बंगलादेश बिरुद्ध बलियो स्कोर बनाउने क्रममा पवन शरार्फ र सन्दीप जोराले उत्कृष्ट ब्याडिङ गरे ।

टस हारेर ब्याडिङको निम्तो पाएको नेपालले सुरुवात ठीकै रहृयो । ऋत गौतम र पवन शरार्फ पहिलो विकेटका लागि ४५ रनको साझेदारी खेलेका थिए । ऋत ३२ रनमा आउट हुन पुगे । त्यसपछि आएका आसिफ शेख मात्र ३ रन बनाएर बाहिरिए ।

लामो समय टिकेका पवनले कुशल मल्लसँग ३९ रनको कप्तान रोहितकुमार पौडेलसँग १४ रनको साझेदारी खेले । त्यसपछि सन्दीप जोरासँग १४ रनको साझेदारी गरेका उनी ८१ रनमा बनाएर आउट भए ।

पाँचौं विकेटका खस्दा नेपालको स्कोर १७१ रनको मात्र थियो भने झण्डै १० ओभर खेल बाँकी थियो । त्यसछि आएका सन्दीप जोराले आक्रमक खेल्दै ३७ वलमा ५६ रन बनाएर स्कोर दह्रो बनाउन महत्वपूर्ण भुमिका खेले । स्कोर राम्रो बनाउन भीम सार्कीले जोरालाई साथ दिएका थिए । दुबैले ७१ रनको साझेजारी गरे । भीमले २१ रन बनाए । कुशल मल्लको नाममा व्यक्तिगत २८ बनाए । बंगलादेशका  मोहम्मद तान्जिम हुसेन र मोहम्मद शाहिन आलमले समान २-२ विकेट लिएका छन् ।

आजको खेलमा नेपाल पराजित भएमा एक खेल अगाडि नै यू-१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिनेछ । भने सेमिफाइनल पुग्न आगामी खेलको नतिजा पर्खनु पर्नेछ । बंगलादेशले ब्याडिङ सुरु गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ