arrow

भारतीय एजेन्सीले उपद्रो मच्चाएको प्रधानमन्त्रीका सल्लाहकारको आरोप

logo
प्रकाशित २०७२ चैत २० शनिबार
bishnu-rimal.jpg.jpeg
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेपाल ट्रेड यूनियन महासंघ (जिफन्टका) अध्यक्ष विष्णु रिमालले संबिधान जारी भएपछि मुलुकमाथि चौतर्फी आक्रमण भईरहेको बताएका छन्। नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अन्तर्गत बैंक, वित्तिय तथा सहकारी क्षेत्र कर्मचारी यूनियन स्थापनार्थ आयोजित भेलाको उद्घाटन गर्दै प्रमुख सल्लाहकार रिमालले नेपाल र भारतबीचको सम्बन्धमा खाडल पैदा गर्न भारतीय केहि एजेन्सीहरुले उपद्रो मच्चाएको आरोप लगाए। रिमालले भने, ʽअहिले हामी धेरै सहज अवस्थामा छैनौं । संबिधान जारी भईसकेपछि हाम्रो मुलुकमा चौतर्फी आक्रमण भएको छ। अनुहार हेर्दा नेपाली लाग्ने, नागरिकता हेर्दा नेपाली लाग्ने मानिसहरुबाटै पनि नेपाललाई अहित हुने अभिव्यक्ति क्रियाकलापहरु हामीले पाएका छौं । त्यो जटिलता र चुनौति हामीकहाँ रहेको छ ।ʼ 
 
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतको दक्षिणी प्रदेश गुजरातमा सम्बोधनका क्रममा त्यहाँका अधिकाँस जनताले नेपालको संबिधानप्रति समर्थन गरेको भेटिएको उनको भनाई थियो। प्रमुख सल्लाहकार रिमालले भने, ʽनेपालको संबिधानप्रति भारतीय जनताको बिरोध छैन केहि प्रभुत्व व्यक्तिले मात्र बिरोध गरेको भेटियो।ʼ ʽमात्र भारतमा केहि एजेन्सीहरु छन्, जुन एजेन्सीहरु नेपालको राजनीतिक तह र भारतीय राजनीतिक तहको बिचमा खाडल पैदा गर्न चाहन्छन्। कहिले उनीहरु बेलायततीर गएर उपद्रो मच्चाउछन्, कहिले उनीहरु ब्रसेल्सतीर गएर उपद्रो मच्चाउँछन् त्यो उपद्रो मच्चाउनेहरुबाट बेला बेलामा हामीले अप्ठेरो महशुस गर्नुपरेको छ।ʼ उनले भने। दुई देश बीचमा पानी धमिलो पार्नेबाट जोगिनुपर्ने उनको जोड रहेको थियो। नेपालको संबिधान छिमेकी देशहरुको तुलतामा उत्कृष्ट रहेको उनको दाबी थियो।
 
प्रमुख राजनीतिक सल्लाहकार रिमालले भूगोल र जनसंख्याका आधारमा देशहरु साना ठूला हुनसक्ने तर सार्वभौमसत्ता र स्वतन्त्र मुलुकको हिसाबले नेपाल कुनै मुलुकभन्दा सानो नभएको दाबी गरे। उनले भने, ʽअहिले दुनियाँमा कुनैपनि उपनिबेशीक मालिक छैन। जसको कारण उसको आदेश मान्न परोस्। नेपालका कोहि मालिक होईनन्, कोहि साथी हुन सक्छन्, साथी हुन सक्दैनन् भने त्यत्तिकै छेउमा बस्दा हुन्छ।ʼ नेपालले कसैलाई शत्रु बनाउन नचाहेको उनको भनाई थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ