arrow

प्रधान सेनापति क्षत्री चीन भ्रमण सकेर स्वदेश फिर्ता

logo
प्रकाशित २०७२ चैत २० शनिबार
cnc-rajendra-chhetri.jpg.jpeg
काठमाडौं। प्रधान सेनापति राजेन्द्र क्षत्री चीनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका छन् । प्रधान सेनापति क्षत्रीलार्ई बलाधिकृत रथी श्री बलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नेपालस्थित चीनका महामहिम राजदुत वु चुन्ताई, रक्षा सचिव जयमुकुन्द खनाल, नेपाली सेनाका रथी लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुले समेत क्षत्रीलाई स्वागत गरेका थिए ।
 
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षत्री सप्ताहव्यापी भ्रमणको लागि चैत १४ गते चीन गएका थिए । 
 
यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ