arrow

नरहरी निवासको वहश श्रृखलामा तरुण दल र नेविसंघको चर्चा

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
narahari-discussion-tarun-nsu.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा तरुण, विद्यार्थी र राजनीतिमा प्रभाव विषयमा छलफल भएको छ । कार्यक्रमको प्रारम्भ गर्दै आचार्यले तरुण भन्नाले उमेरले मात्रै युवा भन्ने अर्थ नलाग्ने उल्लेख गर्दै उसको उत्साह, जाँगर सबै कुराले तरुण हुने बताए । आचार्यले तरुण र विद्यार्थीमा देखिने राजनीतिक प्रभाव के कस्तो छ ? नेविसंघ गठन नभएको अवस्थामा छ एकातिर छ भने गठन भएका पनि कोही नतातेका सबै सेलाएको मात्र देखिने उल्लेख गर्दै किन सेलाएका भनि प्रश्न गरेका थिए। 

विगतमा विद्यार्थी र तरुणको प्रभाव पार्टीहरुमा तिब्र हुने गरेको स्मरण गर्दै आचार्यले भने, 'पार्टी भन्नु नै विद्यार्थी संघ थियो । नेविसंघलाई सबैले चिन्दथे, नेपाली कांग्रेसलाई चिन्दैनथे । पार्टी प्रतिबन्धित थियो । राजनीतिक गतिविधि भनेको नेविसंघले चलाएको गतिविधि थियो । अहिले बाबु पनि विद्यार्थी नेता छोरा पनि विद्यार्थी नेता हुन्छन् ।'

पार्टी राजनीतिमा विद्यार्थीलाई कति संलग्न गराउने भन्ने कुरा उठेको प्रसङगमा उनले २०५२ सालबाट नै यो विषय उठेको बताए। उनले थपे, ' तरुण दल भनेर गठन गरिसकेपछि भातृ संगठनको रुपमा नेविसंघ गठन गर्नु आवश्यक हो की होइन ? विद्यार्थी संघ विद्यार्थी हकहितको आफ्नै विषयका लागि बनाए पनि पार्टीकै भातृ संघ बनाउनु पर्छ कि पर्दैन ? विद्यार्थी संघलाई पार्टीको भातृ संघ बनाउने परम्परा कतिन्जेलसम्म चलाउने हो ?' 

छलफलमा कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले कांग्रेसमा भातृ संगठन र शुभेच्छुक संस्थाको मापदण्ड समेत छुट्याउने गरी कार्य भइरहेको बताए। पाण्डेले नेविसंघ तरुणदलको काम दोहोरिएको उल्लेख गर्दै कामको वर्गिकरणका साथै उमेरको हद पनि स्पष्ट गर्नुपर्छने बताए। विद्यार्थीका विषयमा सबै पार्टीको साझा विषय बनाउने हो भने १२ कक्षासम्म संगठन गर्ने काम रोक्न सकिने उनले बताए। केन्द्रीय समितिको काम विद्यार्थीको समस्याहरुको सूत्रबद्ध गरेर आएको समस्या समाधान गर्ने बनाऔं भन्ने प्रस्ताव गर्दै पाण्डेले विद्यार्थीको वर्गिय हित मात्र हेर्ने यसको जिम्मेवारी हुनुपर्ने बताए। 

समाजवाद अनुकुलका कार्यकर्ता निर्माण गर्नेगरी तरुणदल स्थापना गरेको विगत पनि सम्झिए पाण्डेले।२०५४ सालमा तरुण दलको पुनस्थापना गर्दा माओवादी हत्या हिंसा रोक्नका लागि युवालाई तरुण दलतर्फ आकर्षित गर्ने अर्को भ्रष्टाचार विरोधी कार्यक्रम गर्ने भनिएपनि अहिले यो सबै उद्देश्य, कामबाट तरुण दल वाहिर गएको उनले बताए। 

धादिङ कांग्रेसका सभापति रमेश धमला ताप्लेजुङ कांग्रेसका सचिव मंगल मेवाङ्बोले नेविसंघ लोकतन्त्र ल्याउनका लागि राजासँग लडनका लागि आवश्यक भएपनि आज नेविसंघ केका लागि ? संघीय लोकतान्त्रिक गणतन्त्रमा उसको भूमिका के ? यो विषय विद्यार्थी फाँटलाई  हामीले स्पष्ट पार्नु पर्ने बताए। ४५ वर्ष भन्दा माथिको मान्छे तरुण हुनै नसक्ने भन्दै उनीहरुले आत्म केन्द्रीत र शक्ति केन्द्रीत नेतृत्वबाट यो अगाडि बढ्न नसक्ने बताए। कांग्रेस अहिले सिद्धान्त विहिन, अध्ययन विहिन, लक्ष्य विहिन यात्रामा रहेकोमा उनीहरुले चिन्ता गरे। तरुण दल र नेविसंघ आज अनुशासनहिन, अराजक, आत्मकेन्द्रीत र शक्ति केन्द्रीत शक्तिको रुपमा रुपान्तरण भइराखेकोमा सहभागीहरुको चिन्ता थियो। 

विद्यार्थी एवं लेखक शाश्वत घिमिरे, अस्मिता श्रेष्ठ, हुमादेवी शर्माले कार्यक्रममा बोल्दै विद्यार्थीलाई स्तरिय शिक्षा आवश्यक रहेको बताए। हुन्छ ।

कार्यक्रममा कांग्रेस काठमाडौंका जिल्ला सदस्य रामचन्द्र घिमिरे, राजेन्द्र अर्याल धादिङ्, बसन्त श्रेष्ठ टोखा नगरसभापति, उद्धव खत्री काठमाडौं तरुण दल, श्याममणी आचार्य, रमा नेपाली, तालबहादुर रावत, नविन पाण्डे, दिनेश भट्टराई लगायतको उपस्थिति थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ