arrow

सिभिल बैंकको एन्यूटी बचत योजना सार्वजनिक

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
civil-bank.png

काठमाडौं । सिभिल बैंकले बचत र मुद्धती निक्षेप योजना मिलाउदै एन्यूटी बचत योजना ल्याएको छ। बैंकले यो योजना नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको दाबि गरेको छ ।

भविष्यमा आफूलाई आवश्यक पर्ने रकम अहिलेदेखि नै मासिक किस्ताका रुपमा बचत गर्दै जानु एन्यूटी बचत योजनारहेको बताएको छ । पूर्व निर्धारित समयसम्म मासिक किस्ता बचत गरेपछि बैंकले एकमुस्ट रकम बचत कर्तालाई फिर्ता दिनेछ । संस्थागत तथा व्यक्तिगत दुवै बचत कर्ताले योजनामा भाग लिन पाउनेछन्।

न्युनतम एक हजार रुपैयाँमा खोलिने यस्तो खाता एक वर्षदेखि सात वर्ष सम्मको लागि खोल्न सकिने बैंले जनाएको । एकै जनाले एक भन्दा बढी खाता  खोल्न सकिने बैंकले जनाएको छ। खाता खोलेर रकम जम्मा गरेको तीन महिनापछि खाता बन्द गर्न पाइने सुविधा पनि बैंकले बचत कर्तालाई दिएको छ। यस्तै बचतकर्ताले आफ्नो बचतको ६० प्रतिशतसम्म ऋण लिन सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ