arrow

हराएको चन्द्रयान–२ को पत्तो लाग्यो 

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
chandrayan-21.jpg

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र इसरोले चन्द्रयान–२ को ल्याण्डर विक्रमको पत्ता लगाएको जनाएको छ । 

इसरोका प्रमुख डा के सिवनले चन्द्रमामा विक्रम ल्याण्डरको पत्तो लगाएको बताएका हुन् । आर्बिटरले ल्याण्डरका केही तस्वीरसमेत लिएको दावी गरिएको छ । 

विक्रमसंगको सम्पर्कको कोशिस जारी रहेको पनि बताइएको छ । यी तस्वीर अझै इसरोले भने प्राप्त गरिसकेको छैन । 

इसरोले सम्पर्क बनाउने कोशिस गरे पनि विशेषज्ञहरुका अनुसार दोस्रो पटक सम्पर्क स्थापित गर्ने समय भने गुज्रिसकेको छ । 

विक्रम सोलर प्यानलको मद्धतले ब्याट्री चार्ज गरी उर्जा पैदा गर्ने विश्वास गरिएको छ । इसरो ७ सेप्टेम्बरमा अन्तरिक्ष विज्ञानमा इतिहास रच्ने नजिक पुगेको थियो । 

तर चन्द्रयान २ को ल्याण्डर विक्रमको ल्यान्डिङ गर्नु ६९ सेकेन्ड पहिले पृथ्वीमा सम्पर्क टुटेको थियो । 

९९ प्रतिशत सफलता हासिल गरेको दावी गरिएको छ । तर इसरो टिम भने निराश भएको छ । 

हौसला दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने यहाँसम्म आइपुग्नु नै ठूलो सफलता भन्दै सान्त्वना दिएका थिए । 

आर्बिटरबाट अलग भएको ल्यान्डर अझै पनि चन्द्रमाको सतहदेखि ११९ देखि १२१ किलोमिटरको उचाइमा घुमिरहेको छ । 

२३७९ किलोतौलको आर्बिटरसंग ८ पेलोड रहेको छ । यसले ७ वर्षसम्म काम गर्नेछ । अर्थात् ल्यान्डर र रोवर पत्ता नलागे पनि मिसन भने जारी रहने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ