arrow

लिङलिङ आँधीका कारण साढे चार लाख चिनियाँ प्रभावित

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ २३ सोमबार
typhoon-lekima-china.jpg

बेइजिङ। चीनमा सोमबार आएको आँधीबाट चार लाख ५५ हजार भन्दा बढी प्रभावित भएका छन्। लिङलिङ नाम दिइएको सो आँधी स्थानीय समय अनुसार सोमबार विहान १० बजेतिर आएको आपत व्यवस्थापन मन्त्रालयले जनाएको छ। 

झण्डै १३ बर्षपछि चिलिन, हेइलोङच्याङ र झेच्याङ प्रान्तका जनता आँधीका कारण विस्थापित हुन बाध्य भएका थिए। ती प्रान्तका झण्डै २८ हजार स्थानीय बासिन्दा विस्थापित भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

आँधीका कारण ४४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने अरु ४६० भन्दा बढी घर पनि असर परेको छ।

त्यसैगरी दुई लाख १५ हजार ८ सय हेक्टर जमिनमा रहेको कृषि उपजको नोक्सानी भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ