arrow

अमेरिकी फौजी किरा नियन्त्रण प्रयास सफल

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
paddy-disease.jpeg

झापा। झापाको धानखेतीमा देखा परेको अमेरिकन फौजी किराको प्रकोप नियन्त्रणमा आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गौरादह नगरपालिकाका वडा नं २ र ५ मा दुई साता अघि पहिलोपटक देखा परेको फौजी किराको प्रकोप कनकाई नगरपालिकाको वडा नं ५, झापा गाउँपालिकाको वडा नं ३ र कचनकबल गाउँपालिकास्थित धान सुपरजोन क्षेत्रमा समेत फैलिएको थियो ।

कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले ती सबै क्षेत्रमा देखा परेको फौजी किराको प्रकोप पूरै नियन्त्रणमा आइसकेको बताए । नियन्त्रणमा आउनु अघि फौजी किराले ती क्षेत्रको २५ बिघामा लगाइएको धानखेती सखाप पारेको थियो । उनका अनुसार नेपालमै पहिलोपल्ट झापामा अमेरिकन जातको फौजी किरा देखा परेको र यस अघि भारतीय जातको फौजी किराको मात्र प्रकोप देखा पर्ने गरेको थियो ।

राति मात्र सक्रिय हुने अमेरिकन फौजी किराले लार्भा अवस्थामा बढी क्षति पुर्‍याउने गरेको छ भने शुरुमा धानको पात खाएर झिल्लीजस्तो बनाउने र पछि गुभोको रस चुसेर बोट सुकाएर मार्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख रवीन्द्र सुवेदी वताउँछन ।

उनका अनुसार फौजी किरा नियन्त्रणका लागि धानखेतीमा एममिक्टीन बेन्जोस्ट, क्लोरोपाइरीफस र साइपर मेप्रीन मिश्रण गरेर स्पे्र गरिएको थियो । अमेरिकन जातको फौजी किरा देखा परेपछि कृषि ज्ञान केन्द्र, स्थानीय तहका प्राविधिक, कृषि निर्देशनालय र बाली संरक्षण प्रयोगशाला विराटनगरका विज्ञले किसानको खेतमै पुगेर कीराको पहिचान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ