- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी। सयुँक्त राष्ट्र संघको जेनेभास्थित मुख्यालय बाहिर ‘नरसंहार बन्द गर पाकिस्तान’ लेखेको व्यानर सहित प्रदर्शन गरिएको छ।
पाकिस्तानको बलुचिस्तान र खैबर-पख्तुनख्वामा पाकिस्तान सरकारले गरिरहेको मानवअधिकार हननका घट्नाबारे विश्वलाई सुनाउन वा थाहा दिन उक्त प्रदर्शन गरिएको हो।
सयुंक्त राष्ट्रसंघ मानवधिकार आयोगको ४२औं बैठक जेनेभामा जारी रहँदा यो प्रदर्शन भएको हो।
पाकिस्तानको बलुचिस्तान र खैबर क्षेत्रमा नागरिक, अधिकारकर्मीहरु गायब हुने वा गराईने क्रम बढ्दै गएको छ। उक्त कार्य पाकिस्तान सरकारले गराएको आरोप त्यहाका अधिकारकर्मीहरुले लगाएका छन्।
उक्त क्षेत्रमा भैरहेको हिंसाका लागि पाकिस्तान जिम्मेवार रहेको र विश्वको ध्यान त्यता केन्द्रित गर्न उक्त प्रदर्शन गरिएको बताईएको छ।