arrow

अफगानिस्तानको एक जिल्ला तालिबान लडाकूको कब्जामा

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ २४ मंगलबार
afghanistan-map-1.jpg

तलुकान, अफगानिस्तान। उत्तरी अफगानिस्तानको तखार प्रान्तको याङगी काला जिल्ला  तालिबान लडाकू समूहले कब्जामा लिएको स्थानीय एक अधिकारीले मङ्गलबार जानकारी दिएका छन्। विगत २४ घण्टासम्म निरन्तर रुपमा तालिबानले आक्रमण गरेपछि याङ्गी काला जिल्लाको मुख्यालय मंगलबार बिहान नै कब्जा गरेको बताइएको छ। 

यसैबीच, तखारको प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद जावद हजारीले सिन्ह्वालाई याङगी काला जिल्लाको अवस्था जानकारी दिन सम्पर्क गर्नु हुँदै छोटो उत्तरमा पतन भएको जानकारी दिनु भएको छ।  तर थप विवरण दिन भने उनले अस्वीकार गरेका छन्।

दुई दिनअघि याङ्गी काला जिल्लामा आक्रमण गर्न लागेका तालिबान लडाकू समूहले १८ लडाकू गुमाएको बताएका थिए। सो कब्जाको क्रममा तालिबानका प्रमुख कमाण्डर मौलावी इमामुदीनसहित १८ जनाको ज्यान गएको छ। तखार र छिमेकमा पर्ने प्रान्त कुन्दुज र बाघलानमा समेत सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ