arrow

ट्रम्पले शान्ति वार्ता “मृततुल्य“ बताएपछि अमेरिकी सेनाबिरुद्ध लडाई लड्ने तालिबानको चेतावनी

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
trumps.jpg

अफगानिस्तान । तालिबान लडाकू समूहले अफगानिस्तानमा अमेरिकी सेनाबिरुद्धको लडाई जारी राख्ने चेतावनी दिएको छ ।

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताएपछि तालिबानको सो भनाई आएको हो ।

तालिवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा तालिबानको कब्जा अन्त्य गर्ने दुई तरिकाहरु भएका जिहाद लडाई र अर्को वार्ता भएको एएफपी समाचार समितिलाई बताएका छन् । ‘यदि ट्रम्प वार्ता रोक्न चाहन्छन् भने हामी पहिलो तरिका अपनाउँछौं र उनीहरूले चाँडै नै पश्चाताप गर्नेछन्’ मुजाहिदले बताएका छन् ।  

तालिबानको उक्त विज्ञप्ति १८ वर्ष भन्दा बढी समयदेखि जारी अफगान युद्धको अन्त्यका लागि हुने वार्ता अमेरिकी राष्ट्रपतिले रद्द गरेपछि आएको हो ।

ट्रम्पले शनिबार ट्वीटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठकहरु रद्द भएको घोषणा गरेका थिए  ।

 ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताउनु भएको थियो  । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ