arrow

प्रधान न्यायधीशद्वारा जिल्ला अदालत बझाङको निरिक्षण

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७२ चैत २० शनिबार
19278d2e-4ee0-4ee4-81de-97d99771e544.jpg.jpeg
बझाङ । सुदुरपश्चिमको हिमाली जिल्ला बझाङमा पहिलो पटक प्रधानन्याधिस कल्याण श्रेष्ठको नेतृत्वको एक टोलीले  शनिबार  जिल्ला अदालत बझाङको निरिक्षण गरेको छ । हेलिकप्टर बाट सदरमुकाम चैनपुर पुगेका  प्रधान न्यायधीश श्रेष्ठ सहितको टोलीले जिल्ला अदालतको भौतिक पूर्वाधार ,प्रसासनिक अवस्था ,र आम जनताको न्यायमा पहुचका बिषयमा निरिक्षण गरेका छन् ।
 
   प्रधान न्यायधीश श्रेष्ठले जिल्ला अदालतमा निकट भविष्यमा बन्न लागेको भवनका लागी केही नितीगत निर्णय र  जग्गा अबलोकन गरेका हुन्  । श्रेष्ठले  दवन्द्कालका बेला तत्कालिन बिद्रोही माओबादीले भत्काएको पुरानो जिल्ला अदालतको सिमखेतमा समेत निरक्षण गरे  । 
 
 जिल्ला अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले अदालतको निरक्षण पछि थप सुधार गर्न उत्पेरणा मिलेको बताए  । प्रधान न्यायधीश श्रेष्ठको स्वागत स्वरुप  नेपाल प्रहरीको टोलीले  दुई पटक सलामी समेत अर्पण गरेको थियो ।  प्रधान न्यायधिसले बझाङ जिल्लामा पहिलो पटक निरक्षण गरे पछि अदालती प्रकृया थप सुधार हुने आसा गरिएको छ । भ्रमण टोली अन्य न्यायधिस ,रजिस्टार सहयोगी लगायतका १५ जना रहेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ