arrow

नेपालद्वारा युएई सजिलै पराजित

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
nepal-u-19_cricket.jpg

काठमाडौं। नेपाली यु-१९ क्रिकेट टोलीले युएईलाई १ सय ६० रनले पराजित गर्दै एशिया कपमा पहिलो जीत हात पारेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ६७, सन्दिप जोराले ४८, आशिफ शैखले ४५ र रशीद खानले ४४ रनको योगदान दिएका थिए। युएईका सन्चित शर्मा र अकश ताहिरले ३-३ विकेट लिएका थिए।

जवाफमा ब्यिङ गर्न आएको युएई ३४.४ ओभरमा १ सय २५ रनमा समेटिएको थियो। नेपालका सागर ढकालले ३ विकेट लिएका थिए भने सुर्य तामाङ, पवन शर्राफ र रशीद खानले २-२ विकेट लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ