arrow

एनआईसी एशिया र ललितपुर जिल्ला अदालतबीच एक्स्टेन्सन काउण्टर र एटीएम राख्ने सम्झौता

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
nic.png

काठमाडौं । ललितपुर जिल्ला अदालतमा एनआईसी एशिया बैंकले आफ्नो एक्स्टेन्सन काउण्टर तथा एटीएम सञ्चालन ल्याउने भएको  छ । एनआईसी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेलबीच ललितपुर महानगरपालिका वडा नं १५ मा रहेको ललितपुर जिल्ला अदालतमा एक्स्टेन्सन काउण्टर तथा एटीएम सञ्चालन गर्ने सम्झौतापत्रमा बैंक नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरेका हुन् ।

एक्स्टेन्सन काउण्टर तथा एटिएम  सञ्चालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकमका लागि सहज हुने विश्वास बैंकको रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ