- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
उर्लाबारी । मोरङको पथरीबाट प्रकाशित हुँदै आएको क्रेजी साप्ताहिक पत्रिकाको अनलाइन संस्करणमा आएको समाचारको विषयलाई लिएर पत्रकार प्रेमकेडी भट्टराईमाथी हातपात भएको छ ।
डाँस मोरङ्गी सामुदायिक वनमा अध्यक्ष जीवन कट्वालले समाचार लेखेको भन्दै पत्रकार भट्टराईमाथी हातपात गरेका हुन् । पत्रकार भट्टराईले डाँस मोरङ्गी सामुदायिक वनमा अध्यक्षले मनोमानी गरेको भन्दै समाचार लेखेका थिए ।
सोही विषय लिएर बुधबार साँझ अध्यक्ष कटुवालले हातपात गरेको पत्रकार भट्टराईले जानकारी दिए । वास्तविक समाचार बाहिर ल्याउँदा आक्रोशित हुँदै अध्यक्ष कटुवालले झापड हानेको उनले बताएका छन् । उनले दोषीलाई कानून बमोजिन कार्वाही गर्न माग गरेका छन् ।