arrow

सेञ्चुरी कमर्सियल बैंक अब आरटीजीएस प्रणालीमा

logo
प्रकाशित २०७६ भदौ २५ बुधबार
century_bank_logo.jpg

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्र बैंक तथा भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले हस्ताक्षर गरे ।

सम्झौतामा बैंकले आफ्ना ग्राहकहरुको आवश्यकताअनुसार नेपाल राष्ट्र बैंकद्वारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ