arrow

एनआइसी एशियाको मोरङ्गमा तीन नयाँ शाखा विस्तार

logo
प्रकाशित २०७६ भदौ २५ बुधबार
nic_12.png

काठमाडौं । एनआइसी एशिया बैंकले मोरङमा तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । तीन नयाँ शाखा विस्तार गर्ने क्रममा  बैंकले विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखा तथा विराटनगरकै हाटखोलास्थित हाटखोलामा शाखा कार्यालय स्थापना गरेको हो । 

उक्त शाखा विस्तार गरे सँगै ग्राहकहरुले आफूलाई पायकपर्ने शाखाबाट बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकको रहेको छ । बैंकले हाल नेपालभर २ सय ९८ शाखा कार्यालय, ३ सय ५४ एटीएम, ५८  एक्स्टेन्सन काउन्टर तथा ४१ वटा शाखारहित बैंकिङमार्फत् वित्तीय सेवा प्रदान गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ