'आणविक उर्जा केन्द्रलाई राखियो भने हामी ध्वस्त हुन्छौं' : शिन्जिरो कोइजुमी
एएफपी,
प्रकाशित २०७६ भदौ २६ बिहिबार
498
Shares
टोकियो। जापानका नव नियुक्ति वातावरण मन्त्री शिन्जिरो कोइजुमीले जापानका आणविक उर्जा केन्द्रहरु खारेज गर्ने धारणा राखेका छन्।
जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार गरको मन्त्रिपरिषद हेरफेरपछि उन वातावरण मन्त्रीमा नियुक्ति भएका थिए। ३८ वर्षीय शिन्जिरो पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन्।
शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुन्। बुधवार राती गरेको एक सम्बोधनको क्रममा उनले जापानका आणविक उर्जा उत्पादन केन्द्रहरु खारेज गर्नेतर्फ आफ्नो धारणा राखेका हुन्।
आणविक उर्जाको बारेमा सरकारले गरेको योजनाको बारेमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा उनले आणविक उर्जा केन्द्रको खारेजीको प्रसंग उल्लेख गरेका हुन्।
देशमा सन् २०११ मा आणविक दुर्घटना भइसकेको र अब हुन नदिने पनि उनले बताए। यदि यी केन्द्रहरुलाई राखियो भने हामी ध्वस्त हुनेछौँ, भने।