arrow

रेल दुर्घटनामा परी ५० को मृत्यु

logo
एएफपी,
प्रकाशित २०७६ भदौ २६ बिहिबार

लुबुम्बाशी, कङ्गो। लोकतान्त्रिक गणतन्त्र कङ्गोमा बिहीबार भएको रेल दुर्घटनामा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ। दुर्घटनामा परेको रेल रेलमार्गबाट बाहिर निस्कीएर बिहीबार बिहान दुर्घटना भएको मानवीय सहायता मन्त्री स्टेभ एमबिकायीले जानकारी दए।    

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “फेरी अर्को बज्रपात ! स्थानीय समयअनुसार बिहान ३ बजेतिर ताङ्गान्यीक प्रान्तको मायीबारीदीमा रेल मार्ग छाडेको रेल दुर्घटनामा प¥यो, अहिलेसम्म ५० जनाको मृत्यु भएको छ, अरू धेरै घाइते भएका छन्।”

कङ्गोमा रेल मार्गको अवस्था अत्यन्त नाजुक रहेको र सुरक्षित नरहेको मानिन्छ। खराब अवस्थाको रेल मार्गका कारण धेरै दुर्घटना हुने र धेरै जनाको ज्यान जाने गरेको छ। गत मार्चमा भएको अर्को एक दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ