arrow

रेल दुर्घटनामा परी ५० को मृत्यु

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार
train-accident.jpg.jpeg

कङ्गोमा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा बिहीबार भएको रेल दुर्घटनामा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेको रेल रेलमार्गबाट बाहिर निस्कीएर बिहीबार बिहान दुर्घटना भएको मानवीय सहायता मन्त्री स्टेभ एमबिकायीले जानकारी दिए ।    

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् , “फेरी अर्को बज्रपात ! स्थानीय समयअनुसार बिहान ३ बजेतिर ताङ्गान्यीक प्रान्तको मायीबारीदीमा रेल मार्ग छाडेको रेल दुर्घटनामा पर्‍यो, अहिलेसम्म ५० जनाको मृत्यु भएको छ, अरू धेरै घाइते भएका छन् ।”

कङ्गोमा रेल मार्गको अवस्था अत्यन्त नाजुक रहेको र सुरक्षित नरहेको मानिन्छ । खराब अवस्थाको रेल मार्गका कारण धेरै दुर्घटना हुने र धेरै जनाको ज्यान जाने गरेको छ ।

गत मार्चमा भएको अर्को एक दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ