पोप फ्रान्सिसले नोभेम्बरमा जापान र थाइल्याण्डको भ्रमण गर्ने
एएफपी,
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
261
Shares
भ्याटिकन सिटी। इसाई धर्मका सर्वोच्च गुरु पोप फ्रान्सिसले आगामी नोभेम्बरमा जापान र थाइल्यान्डको भ्रमण गर्न लाग्नुभएको भ्याटिकनले शुक्रबार घोषणा गरेको छ। आगामी नोभेम्बर १९ देखि २६ मा हुने यस भ्रमणका क्रममा उहाँले जापानका हिरोशिमा र नागासाकीको पनि भ्रमण गर्नेछन्।
भ्याटिकनद्वारा जारी विज्ञप्तिमा पोप फ्रान्सिसले थाइल्यान्डमा नोभेम्बर २०–२३ र जापानमा नोभेम्बर २४–२६ मा भ्रमण गर्नेछन्। यसअघि पोप जोन पलले ४० वर्षअघि जापानको भ्रमण गरेका थिए। पोप फ्रान्सिसले गत जनवरीमा जापान भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए। जापानमा करिब ४ लाख ५० हजार रोमन क्याथोलिक सम्प्रदायका इसाईहरुको बसोबास छ।
जापानको सांस्कृतिक मामिलासम्बन्धी निकायले जापानमा करिब ५ लाख १० हजार प्रोटेस्टान्ट सम्प्रदायका इसाई छन्। जापानमा मुख्यरुपमा शिन्तो बुद्धिस्ट रहेका छन्। पाँच वर्षअघि भ्याटिकनको प्रमुख भएयता उनले दुई पटक एसियाली मुलुकको भ्रमण गरिसकेका छन्। उनले सन् २०१४ मा फिलिपिन्स र श्रीलंका तथा गत वर्ष म्यान्मार र बंगलादेशको भ्रमण गरेका थिए।