arrow

व्यवसायी रेग्मीको हत्याका मुख्य योजनाकार तीन सातापछि पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७२ चैत २१ आइतबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर। गत चैत्र १ गते पाँचथरको रवि वजारका ब्यवसायी दिनेश रेग्मीको हत्यामा संलग्न मुख्य योजनाकार लाई पक्राउ गरी आज प्रहरीले सार्वजनिक गरेको छ।
 
झापा लखनपुर १ स्थायि घर भई विगत दुई वर्षदेखि रवि वजारमा सुनचाँदी ज्वेलरी संचालन गरेर वस्ने भिम घिमिरे घतानी भनिने मिन बहादुर विश्वकर्मालाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।
 
उनलाई गत शुक्रवार नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखा काठमान्डौँको सहयोगमा राजधानी बाट पक्राउ गरी शनिबार वेलुका फिदिम ल्याइएको प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए।
 
घटनामा अर्को एक ब्यक्ति पनि संलग्न रहेकोले उनको खोजी कार्य भइरहेको उनले बताए। रवि वजारमा रिचार्ज काड र चुरोटको होलसेलेर डिलर संचालन गर्ने रेग्मी चैत्र १ देखि डिसहोम बनाउन छिमेकी गाविस सराङडाँडा जाने भन्दै बेपत्ता भएका थिए।
 
वेपत्ता भएको तिन दिन पछि उनको शव इलाम फुयातप्पा ५ मा विहान ९ वजेतिर प्रहरी र स्थानियले चन्द्र प्रसाद खनालको वारीमा फेला पारेका थिए। सराङडाँडा ८ सप्तमी वजार बाट अभियुक्त विक रेग्मीकै मोटरसाइकलमा लिफट मागेर रवि र सप्तमीको विचमा फुयाप्तपा ५ मा ल्याएर अर्को सहयोगीको साथ ह्याम्बरले कंचटमा प्रहार गरी डोरीले वाँधेर निर्ममता पूर्वक हत्या गरेका थिए।
 
रेग्मीलाई विकले सुनचाँदी धरौटीमा राख्न दिने गर्दथे। विकले ग्राहकको अहिलेसम्ममा झण्डै ३५ लाख रुपैया वरावरको सुनचाँदी रेग्मीकोमा धरौटी राखेको र उक्त रकम तिर्न नसक्ने भएपछि एक जना सहयोगीको भरमा रेग्मीलाई हत्या गरेको प्रारम्भिक अनुसन्धान बाट देखिएको प्रनाउ कोइरालले बताए।
 
घटनामा संलग्न ती सहयोगी भने अहिले फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। अभियुक्तलाई आजै पुनरावेदन अदालत इलाममा म्याद थप गरी कारवाही प्रक्रिया अघि वढाइने प्रनाउ कोइरालाले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ