arrow

रामदेवलाई चाउचाउको चिन्ता, पतन्जलीको आटा नुडल्स म्यागी भन्दा अखाद्य !

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
noodels-6.jpg.jpeg
एजेन्सी । भारतमा अन्य चाउचाउको गुणस्तरमा प्रश्न उठदै गर्दा योग गुरु रामदेवको कम्पनी पतन्जलीको आटा नुडल्स पनि परीक्षणमा गुणस्तरहिन रहेको भेटिएको छ । मेरुठको खाद्य सुरक्षा एवम् औषधि प्रशासन (एफएसडीए) ले गरेको परिक्षणमा पतन्जलीको आटा नुडल्स अखाद्य रहेको पुष्टि गरेको हो । एफएसडीआइले गरेको जाँचमा पतन्जलीको आटा नुडल्समा मापदण्ड आवश्यकता भन्दा तीन गुणा बढी एश  पाइएको हो । यो मात्रा म्यागी चाउचाउको नमुनामा भन्दा ज्यादा हो ।
 
टाइम्स अफ इन्डियाका अनुसार टोलीले पतन्जली नुडल्स, म्यागी र येप्पी नुडल्सको परिक्षण गरेको थियो । रिपोर्टमा यी तीन चाउचाउमा  एश पदार्थको मात्रा ज्यादा पाइएको हो। योसँगै योगगुरु रामदेवले आफ्नो उत्पादनमा गर्दै आएको दावीको सर्वत्र आलोचना भएको छ, भने यस विषयमा उनले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । पतन्जलीले उत्पादन गरेका हेरक सामग्रिको प्रचार प्रसार तीव्र हुने गरेको छ । यो सँगै उनिसँग सम्बन्धित पतन्जली योगका विभिन्न खाद्य सामग्री माथि प्रश्न उब्जीएको छ । जस्ले राम देवलाई चिन्तित बनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ