arrow

सेनाले कन्चनपुरमा तटबन्ध निर्माण थाल्यो

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
Kanchanpur-hamrakura.jpg.jpeg
भीमदत्तनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–४ बैतडास्थित सार्की टोलमा नेपाली सेनाले तटबन्ध निर्माण थालेको छ । नेपाली सेनाको हनुमानध्वज गुल्म कञ्चनपुरले सैनिक जनशक्ति लगाएर चौधर खोलामा तटबन्ध निर्माण थालेको गुल्मपति सेनानी सुमनकुमार पण्डितले जानकारी दिए । 
 
तटबन्ध निर्माण कार्यको उद्घाटन श्री नं २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी पदमकुमार आङ्बोले गरे । सेनाका साथै तटबन्ध निर्माणमा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय कञ्चनपुुर, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र स्थानीयवासीको सहयोग छ । 
 
‘पटक पटकको बाढीले १० बिघा खेत र १५ परिवार विस्थापित गरिसकेको थियो’, स्थानीयवासी कमलबहादुर थापाले भने, ‘अब तटबन्ध बनेपछि यसपालिदेखि अलि त्रास हट्ने भो ।’ गुल्मपति पण्डितले सैनिक र नागरिक सम्बन्ध सुदृढ गर्न पनि तटबन्ध निर्माणमा लागेको बताए । ‘दलितबस्ती त्यसैमा बाढी कटानको पीडाले टोल नै समस्यामा रहेछ’, उनले भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ