arrow

फुटबल मैदान मासेर जंगल, ३ सय रुख रोपियो

logo
प्रकाशित २०७६ भदौ २८ शनिबार
stadium-forest.jpg

एजेन्सी। वातावरणका बारे चेतना फैलाउने उद्देशयले संसारमा अनेको किसिमका अनौठा कामहरु हुने गरेका छन्। त्यसैगरि अषट्रियाको एक फुटबल मैदानमा रुखहरु रोपिएको छ।

करिब ४९ बर्ष पुरानो फुटबल मैदानमा करिब ३ सयवटा रुख रोपिएका छन्। उक्त मैदानमा अभ फुटबल खेल हुँदैन । मान्छेहरु जंगल हेर्नका लागि आउने छन्। रुख हेर्नका लागि पैसा तिर्नु पर्नेछ ।

एकैपटकमा ३० हजारले उक्त जंगलको अवलोकन गर्न सक्छन्। रुखको महत्व बारे बुझाउन पैसा लिएको र फुटबल मैदानमा जंगल रोपिएको बताईएको छ। फुटबल मैदानमा जंगल रोपिएको कुराले विश्वको ध्यान तानेको छ।

यसरी रुखको महत्व बारे जनचेतना फैलाउनु प्रमुख उद्देश्य रहेको बताईएको छ। करिब ३ सय रुखले बर्षभरिमा करिब ३५ हजार ३ सय ८० किलो अक्सिजन उपलब्ध गराउने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ