arrow

कांग्रेस भएकै कारण गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु गिरीमाथि गरियो यत्रो षडयन्त्र

logo
प्रकाशित २०७६ भदौ २८ शनिबार
bishnu_giri.jpg

काठमाडौं। कांग्रेस भएकै कारण प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीमाथि षडयन्त्र गरि हिरासत पुर्‍याइएको छ। कम्युनिष्ट गढको रुपमा चिनिएको प्युठानमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई अहिले अनेक षडयन्त्र गरि हिरासतमा थुनिएर राखिएको स्थानीय कांग्रेसजनले जनाएका छन्। 

प्युठानका उदीयमान प्रभावशाली नेताका रुपमा छवी बनाउँदै गएका गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी अहिले यहि षडयन्त्रको शिकार भइ प्रहरी हिरासतमा रहेका छन्। र यो षडयन्त्रमा दश बर्षभन्दा लामो समयदेखि सँगै नरहेकी श्रीमती समेत प्रयोग भएकी छिन्। 

श्रीमतीको परपुरुषसँग विवाहेत्तर सम्वन्धका कारण विग्रिएको गिरीको वैवाहिक जीवन अहिले राजनीतिक तथा सामाजिक जीवनमा हिलो छ्याप्ने गरि आएको छ। २०५६ सालमा प्रेम विवाह गरेका गिरी र सीता केसीको दाम्पत्य जीवन २०६६ सालदेखि विग्रिएको थियो। 

विद्यार्थीकालमा प्रेम सम्बन्धमा रहेका गिरीले केसीसँग २०५६ मा प्रेम विवाह गरेका थिए। २०६६ सालसम्ममा उनीहरुका दुई छोरी जन्मिसकेका थिए। दुई छोरी जन्मिएपछि गिरिले भ्यासेक्टोमी गराएका थिए।

प्युठानको बाग्दुलामा ठुली छोरी पढाउन गिरी बस्दै आएका थिए। श्रीमती सीता तत्कालीन पूजा गाविसको एक विद्यालयमा शिक्षिका थिइन्। श्रीमान–श्रीमतीबीचको दुरी टाढा भएपछि गिरीले बाग्दुला नजिकै रहेको अर्को विद्यालयमा श्रीमतीको सरुवा मिलाए। 

केही समयपछि गिरीको दाम्पत्य जीवनले अर्कै मोड लियो। श्रीमती भेट्न भनी गएका गिरीले आफ्नी श्रीमती परपुरुषसँग अनैतिक सम्बन्ध भइरहेको अवस्थामा भेटे। श्रीमतीसहित परपुरुषलाई प्रहरीको जिम्मा लगाइयो। तीन दिन उनीहरू प्रहरी हिरासतमै रहे। यसपछि भने मुद्धा मामिलाको दौर शुरु भएको थियो।केसीले ससुरा र श्रीमानविरुद्ध जालसाजी मुद्दा हालिन्। श्रीमान र ससुरालाई हालेको मुद्दामा जालसाजी नभएको अदालतले ठहर गर्‍यो। दुवैले अलगअलग बस्ने निधो गरे।

वि स २०७० सालमा गिरीले सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालतमा दायर गरे। तर, श्रीमती तयार नभएको जनाउँदै अदालतले सम्बन्ध विच्छेदलाई स्वीकृति दिएन। गिरी सोही मुद्दालाई लिएर पुनरावेदन अदालत पुगे। पुनरावेदनले जिल्ला अदालतकै फैसलालाई सदर गरिदियो। २०७४ मा अंशबण्डाको मुद्दा परेपछि अदालतले श्रीमानश्रीमती र २ छोरीका नाममा चार भागमा अंशबण्डा हुने गरी फैसला सुनायो। तर, श्रीमतीले अंशबण्डाको प्रक्रियालाई पूरा गर्न आनाकानी गर्दै आएकी थिइन्। पछिल्लो समय अंशबण्डा कार्यान्वयन हुने क्रममा छ। 

गौमुखी गाँउपालिका अध्यक्ष गिरी पदीय जिम्मेवारी अनुसार गाउँपालिका कार्यमा केन्द्रित थिए। केसी बिजुवारमा बस्दै आएकी छन्। दम्पतिबीच प्रगाढ सम्बन्ध नभएपनि कहिलकाहीँ भेट हुन्थ्यो। बुवालाई भेट्न प्रायः छोरीहरु जाने गर्थे। यहि क्रममा फेसबुकमा लग आउट नगरेका गिरीको एकाउन्टबाट अर्कै स्त्रीसँग अर्धनग्न फोटो पठाइएको केसीले भेटिन्। 

अहिले उनै केसीले गिरीले अर्कै महिलासँग विवाह गरेको भन्दै बहुविवाह उजुरी केसीले जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेपछि बेमेलले उत्कर्षको रुप लिएको छ। गिरीले अर्को महिलासँग बिहे गरेको स्वीकारेका छैनन्। आरोपित महिलाले पनि स्विकारेकी छैनन। उजुरीमा गिरीले परस्त्रीसँग फेसबुकमा वार्ता गर्दाको सन्दर्भ र अर्धनग्न तस्बिर पनि पेस गरिएको बताइएको छ। उजुरी परेपछि गत आइतबार गिरी र आरोपित महिलालाई प्युठान प्रहरीले हिरासतमा लिएको छ। 

गिरीले १० वर्ष लामो घरायसी समस्याको मसिनो गरी लेखाजोखा गरिदिन आग्रह गरेका छन्। नीजि जीवनको पाटोमा सफल नदेखिए पनि सामाजिक पाटोमा सधैं समर्पित रहने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। कांग्रेस प्युठानका जिल्ला सभापति अमर भण्डारीले अदृश्य शक्ति लागेर गिरीलाई फसाउन लागेको बताए। उनले भने, ‘सम्भावना भएको जिल्ला नेता हो। बहुविवाह प्रमाणित गर्न जबरजस्ती खोजिरहेका छन्।’

हिरासतमा भएका गिरीलाई प्रहरीले अनुसन्धान गरिरहेको छ। जिल्ला अदालतमा उनलाई उपस्थित गराइएको छैन। प्युठान प्रहरी प्रमुख नरेन्द्र कार्कीले भने, ‘फाइल अन्तिम चरणमा पुगेको छ। छिट्टै अदालतमा पेस गर्छौ।’ प्रहरीले बहुविवाहको जाहेरीलाई अनुसन्धान गरिरहेको छ। प्युठानकै कानुन व्यवसायी निमा गिरीले भनिन्, ‘सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहकै थियो। अंशबण्डाको फैसला पनि भएको हो। बहुविवाह भएको कतैबाट पुष्टि हुन्न।’

मुलुकी अपराध संहिताको दफा १७५ को उपदफा ३ मा ‘पति वा पत्नीले कानुन बमोजिम अंशबण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछु भनी उल्लेख गरिएको छ। बहुविवाह गरेको ठहरिएमा ५ वर्ष कैद वा पचास हजार जरिवाना वा दुबै हुन सक्ने व्यवस्था संहितामा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ