arrow

राम्रो बन्नुपरे रिगल ब्युटी स्टेशनमा

शनिवारबाटै खुल्यो

logo
प्रकाशित २०७६ भदौ २८ शनिबार
beauty-parlour.jpg

काठमाडौं। सौन्दर्य ब्यवसायमा संलग्न दुई युवा ब्यवसायीले राजधानीको कोटेश्वरस्थित सेती ओपी मार्गमा रिगल ब्युटी स्टेशन संचालनमा ल्याएका छन् ।

ब्युटी स्टेशनको नेपाल महिला संघकी केन्द्रीय सदस्य भद्रा भण्डारीले उद्घाटन गरिन् । रिगलले महिलाहरुको सौन्दर्यसम्बन्धी सबै समस्या समाधान गर्ने छ । यसले सौन्दर्य कला र कपाल कलासम्बन्धी कक्षासमेत संचालन गर्ने संचालक बबिता मानन्धर कायस्थले जानकारी दिइन् ।

'हामी यहाँ आउने महिलाको सौन्दर्यसम्बन्धी सबै सेवा उपलब्ध गराउने छौ', उनले भनिन्, 'विवाहका लागि महिलाहरुलाई चाहिने सृंगार सम्पूर्ण रुपमा गर्ने छौं ।'

रिगल ब्युटी स्टेशनको संचालन यस्थ र एलिजा ठकुरी मिलेर गरेका हुन् । बजारमा सौन्दर्यसम्बन्धी सेवा दिने राम्रो र उपयुक्त स्थानको अभावलाई परिपूर्ती गरी उत्कृट सेवा दिने उद्देश्य राखेर ब्युटी स्टेशन संचालन गरिएको अर्की संचालक ठकुरीले बताइन् । 

सौन्दर्य कला र कपालको कला सिकेर आत्मनिर्भर बन्न चाहने महिलालाई सिप सिकाएर रोजगारीको अबसर उपलब्ध गराउने ठकुरीले बताइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ