arrow

अफगानिस्तानमा जारी द्वन्द्वमा सुरक्षा अधिकारीसहित छको मृत्यु

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
afgan.png.png
पुल ए खुम्री (अफगानिस्तान) । उत्तरी बाघलान प्रान्तमा दाँद ए साहाबुदिन जिल्लामा तालिवान र सुरक्षा अधिकारीबीच सुरु भएको एक झडपमा पाँच आतङ्ककारी र एक सुरक्षा अधिकारीको मृत्यु भएको समाचार छ । 
 
प्रान्तीय प्रहरी प्रवक्ता जाबिहुल्लाह सुजाले आइतबार सो जानकारी दिएका छन् । साहाबुदिन जिल्लामा सरकारी सुरक्षाबलले तीन अगाडिदेखि सुरु गरेको तालिवान विरुद्ध कारबाहीको क्रममा पाँच सशस्त्र आतङ्ककारी मारिएका हुन् । 
 
सो कारबाहीको क्रममा अन्य पाँच आतङ्ककारी घाइते भएका बताइएको छ । केही आतङ्ककारी त्यहाँबाट भागेका पनि सुजाले बताएका छन् । तालिवान आतङ्ककारी समूहले पनि यस झडपको पुष्टि गरेका छन् । तर उनीहरुले सो आक्रमणमा तीन सुरक्षा अधिकारीको मृत्यु भएको दावी गरे्का छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ