arrow

ड्रोन आक्रमणपछि साउदीमा दैनिक ५.७ ब्यारल तेल र ग्यास उत्पादनमा कटौती 

logo
प्रकाशित २०७६ भदौ २९ आइतबार
saudi2.JPG

काठमाडौं । ड्रोन आक्रमणपछि साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा ब्यापक कटौती गरेको छ ।

सरकारी स्वामित्वमा रहेका अरामकोकास्थित दुईवटा तेल कम्पनीमा ड्रोन आक्रमण भएपछि प्रतिदिन ५ दशमलव ७ मिलियन ब्यारल कटौती गरिएको हो ।

उक्त जानकारी साउदीका उर्जामन्त्री प्रिन्स अब्दुलाजीज बीन सलमानले दिएका हुन् । 

तेल कम्पनीमा भएको आक्रमणको जिम्मा यमनको हुथी विद्रोहीले लिएको छ । हुथीका प्रवक्ताले आक्रमणमा १० वटा ड्रोन प्रयोग भएको बताएका छन् । 

आक्रमण हुँदा तेल कम्पनी र प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ