arrow

रामचन्द्र पौडेल संसदीय दलको नेताका लागि चुनाव लड्ने

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
ramchandra-paudel__426263120_816858152.jpg.jpeg
काठमाडौं । आसन्न कांग्रेस संसदीय दलको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेताको लागि उम्मेद्वारी दिने भएका छन् । पौडेलकै निवासमा बसेको उनी पक्षधर नेताहरुको बैठकले पौडेललाई नै उम्मेद्वार बनाउने निर्णय गरेको पौडेलका सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए् । 
 
यसअघि, कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई निवासमै भेटेर आफुलाई सर्वसम्मत संसदीय दलको नेता बनाउन सहयोग गर्न भनेकामा पौडेलले आफुलाई पनि दबाब रहेकाले देउवालाई एकताको सन्देश दिनकै लागि भएपनि आफुलाई सघाउन भनेका थिए । त्यसक्रममा देउवाले आफुले विचार गर्ने बताएकामा उनीहरुबीचको छलफल दोहोरिन नपाउँदै पौडेल स्वभाविक स्प्रर्धाका लागि उम्मेद्वार बन्ने पक्का पक्की भएको हो । 
 
१३औंं महाधिवेशनमा देउवासँग पराजित भएका पौडेल केन्द्रीय सदस्य मनोनित हुँदै बरिष्ठ नेता बने । कांग्रेसको व्यवस्थापिका संसद उपस्थिति २ सय ७ छ । महाधिवेशनताका तत्कालिन संस्थापन धारमा रहेका केही सांसद देउवा पक्षतिर लागेकाले पौडेललाई केही घाटा हुने भएको छ । 
 
यस्तै, पहिलो संविधानसभाको निर्वाचनपछि भएको संसदीयदलको निर्वाचनमा देउवालाई हराउँदै पौडेल संसदीय दलको नेता बनेका थिए । संसदीय दलको नेता बनेका पौडेल १७ पटक प्रधानमन्त्रीको निर्वाचन लडेपनि प्रधानमन्त्री बन्न सकेनन् । प्रतिद्वन्द्वी झलनाथ खनाल प्रधानमन्त्री बने । दोस्रो संविधानसभा निर्वाचनपछि भएको संसदीय दल निर्वाचनमा देउवा तत्कालित सभापति सुशील कोइरालासँग पराजित भएका थिए । 



नयाँ