arrow

तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ २९ आइतबार
afghanistan-map-1.jpg

आयबाक, अफगानिस्तान। सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान लडाकूहरु मारिएका छन्। सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले तालिबान विरुद्ध सरकारी फौजले हवाई कारबाही गरेको बताए। द्वन्द्वग्रस्त यस प्रान्तमा तालिबान विद्रोहीको निकै बलियो प्रभाव र पकड रहेको छ।

प्रवक्ता रेजाइले गोप्य सूचनाका आधारमा आइतबार बिहान लडाकू विमानले तालिबान विद्रोहीहरु लुकेर बसेका स्थानमा हवाई कारबाही गरेको बताए। 

रेजाइले प्रान्तको सुरक्षा व्यवस्था सुदृढ तुल्याउन तालिबान विरुद्धको कारबाहीलाई अझ कडा बनाइने जानकारी दिए। तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ