arrow

साउदी आक्रमणबारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

logo
एएफपी,
प्रकाशित २०७६ भदौ २९ आइतबार
iran-map.gif

तेहरान। साउदी अरेबियाका तेल उद्योगमा मानवरहित यन्त्र (ड्रोन) बाट भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकाको भनाई असत्य रहेको इरानले बताएको छ। इस्लामिक मुलुक इरान विरुद्ध आक्रमण गर्न अमेरिकाले पृष्ठभूमि तयार पार्न खोजेको इरानको भनाई छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले अमेरिकाले लगाएको आरोपमा बिल्कुलै सत्यता नरहेको र अर्थहीन रहेको बताएका छन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गत शनिबार साउदी अरेबियामा भएको ड्रोन हमला इरानले गरेको आरोप लगाएका थिए। ड्रोन आक्रमणका कारण साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ। यमनका इरान समर्थित हुथी विद्रोहीहरुले उक्त हमलाको जिम्मेवारी लिएका छन्, तर पोम्पेओले ड्रोन आक्रमण यमनबाट भएको भन्ने कुनै प्रमाण नभेटिएको दाबी गरेका छन्।

हुथी विद्रोहीले गरेको भनिएको ड्रोन आक्रमणबाट साउदी अरेबियाको पूर्वी प्रान्तका अब्का र खुराइसका तेल उद्योगमा ठूलो क्षति पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ