arrow

छतबाट खसेर २२ घाइते

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ २९ आइतबार
collapse-new-jersey.jpg

न्युयोर्क। अमेरिकामा एक बहुतले भवनको छतबाट खसेर शनिबार बेलुका कम्तीमा २२ जना घाइते भएका छन्। स्थानीय समय अनुसार बेलुका ६ बजे उद्धारकर्ताहरुको सम्मेलन चलिरहेका बेला घटना भएको जनाइएको छ।

सम्मेलनमा हजारौँ उद्धारकर्ताहरु सहभागी भएका थिए। उनीहरुमध्ये कोही अहिले पनि उद्धारकर्ताका रुपमा क्रियाशिल छन् भने कोही विगतमा क्रियाशिल थिए। काप मे क्षेत्रीय अस्पतालका अधिकारीहरुले २१ जना घाइतेको आफ्नो अस्पतालमा उपचार भइरहेको र तीमध्ये कम्तीमा ३ जना बालबालिका रहेको पुष्टी गरेका छन्।

अर्का एक जनाको भने स्थानीय अर्को अस्पतालमा उपचार भइरहेको छ। क्षेत्रीय अस्पतालका प्रवक्ता सुसन स्टेगरले सबै बालबालिका सहित ११ जनालाई उपचारपछि अस्पतालबाट बिदा गरिसकिएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ