arrow

नवलपरासीमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
Nawalparasi-hamrakura.jpg.jpeg
नवलपरासी । नवलपरासीमा  प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । सुनवलस्थित आइतबारे साप्ताहिक हाट बजारलाई अन्यन्त्र सार्ने विषयमा भएको विवादले उग्ररुप लिँदा झडप भएको हो ।आइतबार दिउँसो भएको झडपमा दुई स्थानीय र एक प्रहरीसहित तीनजना घाइते भएका छन् । स्थिति तनावपूर्ण बन्दै गएपछि नियन्त्रण लिन सात राउण्ड अश्रु ग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।
 
एक महिना अघिदेखि नगरपालिका, केही स्थानीयवासी र व्यवसायीबीच हाट बजार व्यवस्थित गर्ने विषयमा विवाद उत्पन्न हुँदै आएको छ । वर्षौ पहिलेदेखि नगरपालिका नजिक सडक छेउमा आइतवारे हाट बजार लाग्दै आएको छ । उक्त हाट बजार अन्यन्त्र नसार्ने व्यवसायीहरुको अडानमा केही स्थानीयवासीले समर्थन गरेपछि नगरपालिकाले सहमति कार्यान्वयन गराउन प्रहरीको सहयोग लिएको छ ।
 
जसका कारण प्रहरीले आज आइतबारे बजारमा पसल राख्न आएका व्यवसायीहरुका सवारी साधन र सामानहरु लैजान नदिएपछि झडप भएको हो । झडपका क्रममा प्रहरी जवान चित्रबहादुर कुमालको दाहिने कुम भाँचिएको छ । त्यस्तै स्थानीय देवी घिमिरे र यमकुमारी चापागाईँ पनि घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ