arrow

रोहितभन्दा पछि रहेका कोहलीले अब के गर्लान् ?

logo
प्रकाशित २०७६ भदौ २९ आइतबार
koholi-sharma.jpg

काठमाडौं । भारतीय क्रिकेट टोलीले आइतबार साँझ धर्मशालामा दक्षिण अफ्रिकाबिरूद्ध टी २० सीरीजको अन्तिम खेल खेल्दैछ । यस खेलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र ओपनर रोहित शर्मासँग थुप्रै रेकर्ड कायम गर्ने अवसर हुनेछ । दुबैले राम्रो खेले भारतीय टीमलाई दक्षिण अफ्रिका बिरूद्ध आफ्नो भूमिमा पहिलो जीत दिलाउन सक्नेछन्।

रोहित शर्मा हाल टी २० मा सर्वाधिक रन बनाउने खेलाडी हुन् । विराट कोहली उनि भन्दा मात्र ५३ रनले पछाडि छन्। रोहितले ८८ टी २० इनिङमा २४२२ रन बनाएका छन् । जबकि कोहलीले ६५ इनिंगमा २३६९ रन बनाएका छन्। रोहित शर्माले टी २० शृङ्खलाको सुरुवात राम्रो गर्न प्रयास गर्नेछन्। साथै विराटसँग रोहितलाई पछि छोडेर पहिलो स्थानमा पुग्ने मौका हुनेछ।

क्रिकेटमा रोहितले १७ अर्धशतक र ४ शतक बनाएका छन्, जबकि कोहलीले टी २० मा २१ अर्धशतक लगाएका छन्। दुबैले टी -२० मा पचास भन्दा माथि २१ पटक बराबर रन बनाएका छन्।

दक्षिण अफ्रिकाबिरुद्ध पहिलो खेलमा विराट र रोहित मध्ये जसले अर्धशतक बनाउनेछ त्यो अगाडि बढ्नेछ। भारतले घरेलु टी -२० मा कहिल्यै दक्षिण अफ्रिकालाई हराएको छैन।

सन् २०१५ मा , भारतले दक्षिण अफ्रीका बिरूद्ध घरेलु श्रृंखला खेल्यो र तीन खेलको श्रृंखला ०-२ ले गुमायो। एउटा खेल रद्द गरियो। भारतमा दक्षिण अफ्रीका जित्ने प्रतिशत ६६. ६७ छ। अफ्रीकाले छ मध्ये चार खेल जितेका छन्। विराट कोहली कुनै पनि परिस्थितिमा यस रेकर्ड बदल्न चाहन्छन्।

यसअघि भारतले वेस्ट इन्डिजमा खेलेको तीन टी–२० इन्टरनेशनल सिरिजका सबै खेलमा जित हासिल गरेको थियो । विराट कोहलीको कप्तानीमा भारतले विश्वकपपछिको पहिलो श्रृङ्खला क्लिन स्वीप गरेको थियो तर पनि कोहली रोहित शर्माको तुलनामा पछाडि नै थिए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ