arrow

‘फेरि एक पटक नेपाली क्रिकेट टोली सम्हाल्दै पुवुदु’

‘नेपाल–नामिविया’ खेलका लागि नेपाल यात्रा

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
pubudu-cricket.jpg.jpeg
काठमाडौं । आउँदो वैशाख ४ र ६ गते घरेलु मैदान कीर्तिपुरमा हुने नामिवियासंगको विश्व लिग क्रिकेट च्याम्पियनसिपको खेलका लागि नेपाली टोलीको पूर्व प्रशिक्षक पुवुदु दासानायके नेपाल आउँदै छन् । सोमबार काठमाडौं पुग्ने दासानायके नेपाल–नामिवियाबीचको क्रिकेटका लागि परामर्शदाताका (कन्सल्टेन्ट) रुपमा डेढ हप्ता रहने छन् । 
 
यसअघि, छोटो समयमा नेपाली क्रिकेटलाई उचाई दिएका पुवुदु आइसीसीको आग्रहमा नेपाली टोलीको खेल व्यवस्थापनका लागि आउन लागेको नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ । यद्यपि, खेलाडी छनोट र प्रशिक्षणको जिम्मा भने नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले नै लिने छन् । पुवुदु कन्सल्टेन्टका रुपमा मात्रै रहने छन् । 
 
नेपालले होइन आइसीसीले डाकेको हो पुवुदुलाई : प्याकुर्‍याल
नेपाल क्रिकेटसंघको कार्यसमिति विवादका कारण प्रत्यक्ष आफ्नै निगरानीमा प्रतियोगिता संचालन गर्न लागेको आइसीसीले नै पूर्व प्रशिक्षक पुवुदु दासानायके नेपाल आउन लागेको चतुरबहादुर चन्द पक्षीय क्यान महासचिव अशोकनाथ प्याकुर्‍यालले बताए । उनले भने, ‘पुवुदु नेपालको आग्रहले होइन आइसीसीको आग्रहमा नेपाल आउन लागेका हुन्, उनी ११–१२ दिन मात्रै नेपाली टोलीको कन्सल्टेन्ट रहने छन् ।’ नामिवियासंगको विश्व लिग क्रिकेटको खेलका लागि नेपाली टोलीलाई हेर्न पुवुदु आएका हुन् । उनले थपे, ‘क्यानभित्रको विवादकै कारण आइसीसीले आफ्नै प्रत्यक्ष निगरानीमा प्रतियोगिता संचालन गर्नु पर्ने अवस्था आयो ।’ नेपाली टोलीको प्रशिक्षक जगत टमाटा नै हुन् । आधिकारीक कोच उनै हुन् –प्याकुर्‍यालले भने ।
 
प्रतियोगिताको समन्वयको जिम्मा लिएको राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशब कुमार विष्टले नेपाली टोलीको टिम व्यवस्थापनबारे पुवुदुनै बढी जानकार रहेकाले आफुहरुले नै बोलाएको जिकिर गरे । उनले भने, ‘पहिले उहाँले नै प्रशिक्षण सम्हाल्दा टोलीले सफलता हासिल गरेको र टिम व्यवस्थापनबारे उहाँलाई नै बढी जानकारी भएकाले हामीले नै बोलाएका हौं ।’ आइसीसीको समन्वयमा उहाँलाई नै कन्सल्टेन्ट राख्ने कुरा भएको हो ।  



नयाँ