arrow

सन्दीप लामिछानेको टिम बार्बाडोस पराजित, यस्तो अलराउन्ड प्रदर्शन गरे सन्दीपले 

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
Sandeep_bbl1.jpg

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट क्यारेबियन क्रिकेट लिग सीपीएलमा दोस्रो पटक पराजित भएको छ । 

आइतबार राति भएको खेलमा बार्बाडोस जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको हो ।

किङ्सटनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

एश्ले नर्सले ३७ तथा जेपी डुमिनीले ३१ रन बनाए । सन्दीपले ८ बलमा १ चौकाको मद्धतले नटआउट १० रन बनाए ।

जाहिर खानले ३ विकेट लिए । जबाफमा बार्बाडोसले दिएको १४१ रनको विजयी लक्ष्य जमैकाले १८.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । कप्तान चाडविक वाल्टनले नटआउट ५१ रन बनाए ।

बार्बाडोसका ह्याडेन वाल्स र जासन होल्डरले २–२ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ३५ रन दिएर १ विकेट लिए । 

सन्दीपले जारी सिजनमा ३ खेलबाट ४ विकेट लिएका छन् । 

जितसंगै जमैकाले पहिलो जित निकालेको छ । जमैकाले ५ खेलमा २ अंक जोडेको छ । जमैका पुछारमा छ ।

बार्बाडोसले ३ खेलमा २ अंक जोडेको छ । बार्बाडोस पाँचौ स्थानमा छ ।

गुयना एमाजोन वारियर्स र ट्रिन्बागो नाइट राइडर्सको ४ खेलबाट समान ८–८ अंक छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ