arrow

भारत–दक्षिण अफ्रिका टी–२० वर्षाले रद्द

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
dharmashala-stadium.jpg

काठमाडौं । भारत र दक्षिण बीचको पहिलो टी–२० क्रिकेट वर्षाले रद्द भएको छ । आइतबार राति धर्मशालामा हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको हो । वर्षाले मैदान पुरै भरिएपछि थोरै ओभरको खेल पनि सम्भव नभएको हो । 

३ खेलको सिरिजको दोस्रो खेल १८ सेप्टेम्बर (असोज १ गते) मा मोहालीमा हुनेछ । तेस्रो खेल बैंगलुरुमा २२ सेप्टेम्बर (असोज ५ गते) मा हुनेछ । 

हेड टु हेडमा अहिलेसम्म १३ टी–२० भएकामा भारतले ८ खेल जित्दा दक्षिण अफ्रिकाले ५ खेल जितेको छ । एक खेल रद्द भएको छ । 

यो सिरिजमा भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनी खेलिरहेका छैनन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ