arrow
ADVERTISEMENT

भारतमा वर्षाले तोड्यो ७५ वर्ष पुरानो रेकर्ड

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
rain-india-damadol.jpeg

काठमाडौं। भारतको मध्यप्रदेशस्थित मन्दसौरमा वर्षाले ७५ वर्ष पुरानो रेकर्ड तोडेको छ। यसपटक मनसुनमा अहिलेसम्म ७७.५ इन्च वर्षा भइसकेको छ। 

यसअघि सन् १९४४ मा ६२ इन्च वर्षा भएको थियो । निरन्तर वर्षा भएको उक्त क्षेत्रमा शुक्रबार साँझदेखि आइतबार बिहानसम्म ९ इन्च वर्षा भएको थियो। जसका कारण २०० गाउँमा मानिसको कम्मर कम्मर पानीको मात्रा पुगेको भारतीय संचारमाध्यमहरुले लेखेका छन्। 

११७ गाउँ खाली गराइएको छ भने २० हजार मानिसलाई ५५ वटा राहत क्याम्पमा राखिएको छ। शनिबार राति गान्धीसागर ड्यामको पानी मन्दसौर र निमच जिल्लाका ६३ गाउँमा पसेको थियो । राति मानिसहरु सुतेका बेलामा उक्त घटना भएपछि उद्दारमा कठिन भएको थियो। 

उक्त क्षेत्रमा रेड अलर्ट कायमै रहेको छ । गान्धीसागरबाट १६ लाख क्यूसेक पानी आएको बताइएको छ। 

भोपाल र इन्दोरमा सोमबार–मंगलबार वर्षा हुने जनाईएको छ। २२ सेप्टेम्बरपछिमात्र वर्षामा कमी आउने पनि उल्लेख गरिएको छ। 

१२ राज्यमा दुई दिन भारी वर्षा हुने चेतावनी दिइएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ