arrow
ADVERTISEMENT

ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
boris-johnson.jpg

बेलायत । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार युरोपियन युनियनका अध्यक्षसँग भेटवार्ता गर्ने बताइएको छ ।

ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको अभियानको पछिल्लो प्रयासस्वरुप उनले सोमबार यो महत्वपूर्ण भेटवार्ता गर्न लागेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड जंकरसँग सोमबार भेटगरी ब्रेक्जिटका विषयमा आवश्यक परामर्श गर्न लागेको जानकारी समाचारमा दिइएको छ ।

सोमबारको दिवाभोजसँगै उनिहरु भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यस भेटलाई बेलायतको पछिल्लो राजनीतिक एजेन्डाको लागि एक महत्वपूर्ण भेट भनिएको छ ।

उक्त भेटमा आफूहरुले के कसरी काम गरिरहेका छौँ र आगामी दिनमा त्यसले के कस्तो परिणाम दिन सक्छ भन्ने बारेमा बेलायतका प्रधानमन्त्री जोनसनले अध्यक्ष जंगरलाई जानकारी दिने प्रधानमन्त्री जोनसनले हालै बताएका थिए ।

प्रधानमन्त्री जोनसनले केही दिनअघि एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए , “म यस काममा आशावादी छु, मलाई लाग्छ बेलायत युरोपियन युनियनबाट बाहिरिने छ, हामीले तय गरेको समय आगामी अक्टोबर ३१ सम्ममा हामी बाहिरिने नै छौँ ।”

सो सम्बोधनमा उनले भनेका थिए , “जेजस्तो भएपनि हामीले तय गरेको सन् २०१९ को अक्टोबर ३१ सम्ममा हामी युरोपियन युनियनबाट बाहिरिने नै छौँ ।”

उता युरोयिन युनियनको संसदले आगामी हप्ता यस विषयमा मतदान गर्ने भएको छ । संसदले बेलायती प्रधानमन्त्री जोनसनको मागको विपक्षमा अर्थात बेलायत युरोपियन युनियनबाट बाहिरिनु हुँदैन भन्ने पक्षमा मतदान गर्ने भएको बताइएको छ ।सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ