arrow
ADVERTISEMENT

२४ तालिबान लडाकूद्वारा आत्मसमर्पण

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
taleban.jpg

अफगानिस्तान । अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष २४ तालिबान लडाकूले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त बाद्ख्शान २४ लडाकूले आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएका छन् ।
 
स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा बाद्ख्शान प्रान्तको  यम्गान  जिल्लामा ती लडाकूहरुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका सेनाद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

आफूहरुसँग भएको हातहतियार पनि उनीहरुले सुरक्षा अधिकारी बुझाएका जारी वक्तव्यमा जनाइएको छ । ती तालिबान लडकूहरु बादख्शान प्रान्तको कुरान वा मुन्जान जिल्लामा पनि सक्रिय रहेका बताइएको छ ।

अफगानिस्तान सरकारले सन् २०१० देखि नै तालिबान लडाकूका लागि शान्ति तथा पुनस्र्थापना प्रक्रिया सुरु गरेको थियो ।

प्रक्रिया शुरु भएदेखि अहिलेसम्म दश हजारभन्दा बढी तालिबान लडाकू शान्ति तथा पुनस्र्थापना प्रक्रियामा सहभागी भएक अधिकारीहरुले जनाएका छन् ।

यही महिनाको शुरुमा झण्डै १५० तालिबान लडाकू तथा इस्लामिक स्टेट (आइएस) लडाकूले पनि कुनार प्रान्तमा आत्मसमर्पण गरेका थिए । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ