arrow

सरकारको दृष्टिकोण नै माओवादी धारणा : गृहमन्त्री बस्नेत

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
Shakti-Basnet.jpg.jpeg
चितवन ।  गृहमन्त्री शक्तिबहादुर बस्नेतले भारत र युरोपेली युनियनको संयुक्त विज्ञप्तिको सन्दर्भमा सरकारको धारणा नै एकीकृत नेकपाको धारणा भएको बताएका छन् ।  क्रान्तिकारी पत्रकार सङ्घ चितवनले गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले सरकारले सो विज्ञप्तीका सन्दर्भमा प्रष्ट धारणा सार्वजनिक गरिसकेको बताए । 
 
संविधान कार्यान्वयनका लागि ठूला दलकाबीचमा सहमति र सहकार्य आवश्यक रहेको भन्दै बस्नेतले नेपाली काँग्रेससहितको राष्ट्रिय सरकार हुनुपर्ने बताए । राष्ट्रिय सरकार हुनुपर्छ भन्ने आफ्नो पार्टीको धारणा पहिलेदेखि नै बन्दै आएको र अहिले पनि यसकै पक्षमा पार्टी रहेको छ–भने । 
 
मधेसवादी दलको अधिकांश माग पूरा भइसकेको बताउँदै गृहमन्त्री बस्नेतले उनीहरुले निर्णायक आन्दोलन भन्नुको औचित्य नरहेको बताए । फरक प्रसङ्गमा बस्नेतले देशभरको आपूर्ति व्यवस्था सहज भइसकेको बताए । 
 
कुनै बेला आपूर्ति १५ प्रतिशत मात्रै भएको भन्दै अहिले सतप्रतिशत आपूर्ति व्यवस्था सहज भएको सुनाए । आइतबारको बैठकमा मात्रै नाकाबन्दी अघि भन्दा बढी इन्धन भित्रिएको जानकारी दिइएको सुनाउँदै गृहमन्त्रीले केही ठाउँमा आपूर्तिमा असहज भए पनि छिट्टै पूर्ववत् अवस्थामा फर्किने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ