arrow

मोदीको जन्मदिनमा विश्वकै कीर्तिमानी केक काटिँदै

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
narendra-modi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र जन्मदिनमा सात हजार किलोको सात सय फिट लामो केक काटिने भएको छ । उक्त केकले विश्व कीर्तिमान नै राख्ने दावी गरिएको छ । 

मंगलबार १७ सेप्टेम्बरमा नरेन्द्र मोदी ६९ वर्षमा हुँदैछन् । भारतको सुरतका ब्रेडलाइनर बेकरीका मालिक नितिन पटेलले उक्त केक काटेर प्रधानमन्त्रीको जन्मदिन मनाउने बताएका छन् । 

भारतीय संचारमाध्यमका अनुसार सुरतको सरसाना कन्क्वेशन सेन्टरमा सहरका ७०० इमानदार मानिसलाई राखेर केक काटिने छ । 

उक्त केक काट्नुको उद्धेश्य भ्रष्टाचारको विरुद्ध जागरुकता ल्याउनु रहेको छ । ब्रेडलाइनरले हरेक वर्ष मोदीको जन्मदिनमा ठूलो केक काटेर गरीव बच्चाबच्चीलाई बाँड्दै आएको छ । 

त्यसैगरी अतुल बेकरीले पनि आदिवासी इलाकाका ३७० स्कुलका कुपोषण पीडित १२ हजार बालबालिकालाई भोजनको प्याकेट वितरण गर्ने जनाइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ