arrow
ADVERTISEMENT

भारतीय राष्ट्रपति कोविन्द ठूलो दुर्घटनाबाट बचे 

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
ramnath-kovind.jpg

काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोविन्द ठूलो दुर्घटनाबाट बचेका छन् । उनी चढेको विमान दुर्घटनाबाट जोगिएको हो । युरोप भ्रमणका क्रममा उनी सवार एयर इन्डियाको विमानको सिस्टममा खरावी आएसंगै स्वीट्जरल्यान्डको ज्युरिचमा तीन घण्टा विमान रोकिएको थियो । 

उनी मंगलबार स्वदेश फर्कने कार्यक्रम छ । उनको जहाजमा आएको गडबडीको जाँचका लागि आदेश दिइसकिएको छ । 

ज्युरिचबाट स्लोभेनियाका लागि उडान भर्नुपर्ने उक्त विमान तीन घण्टा रोकिएको हो । राडार सिस्टमको प्रयोग विमानलाई दिशा दिने कार्यमा प्रयोग हुने गर्छ । 

भारतीय संचारमाध्यमहरुका अनुसार जतिबेला विमानको खरावीबारे पत्तो लाग्यो त्यतिबेला लन्डन–मुम्बई सेक्टरबीच अपरेट गरिरहेको एयर इन्डियाको बोइङ ७७७ लाई लन्डनको हिथ्रो विमानस्थलमा स्टयाण्डबाई राखिएको थियो । 

यदि राष्ट्रपति सवार विमान ठीक नभएको भए उक्त जहाज म्युनिख पुग्नेथियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ