arrow

कुवेतलाई बराबरीमै रोक्यो नेपालले 

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
football19.jpg

काठमाडौं । जोर्डनमा भइरहेको एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबलमा नेपालले कुवेतसंग बराबरी खेलेको छ । 

सोमबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो ।

पहिलो खेलमा आयोजक जोर्डनसंग ७–० गोल अन्तरको फराकिलो हार व्यहोरेको नेपालले कुवेतसँग भने अंक बाँड्न सफल भएको हो ।

नेपालका लागि दिपेश राईले गोल गरे । कुवेतका अब्दुलवाहब अलहिन्दिले एक गोल गरे ।

यो बराबरीसंगै समूह ए मा रहेको नेपालले २ खेलमा १ अंक जोडेको छ । नेपालले तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेलमा असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ