arrow

च्याम्पियन्स लिग विजेताले कति कमाउँछन् ? यस्तो छ पैसाको खेल

अहिलेसम्म कुन क्लब बढी सफल ?

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
champions-league-trophy.JPG

काठमाडौं । च्याम्पियन्स लिग फुटबल मंगलबारदेखि सुरु हुँदैछ । विश्वकप विजेताले भन्दा कयौं गुणा बढी कमाइ गर्ने च्याम्पियन्स लिगमा अहिलेसम्म सबैभन्दा बढी सफल टिम हो स्पेनिश क्लब रियाल मड्रिड । 

रियालले अहिलेसम्म १३ पटक उपाधि जितेको छ । इटालियन क्लब एसी मिलानले ७ पटक तथा इंगलिश क्लब लिभरपुलले ६ पटक उपाधि जितेको छ । 

जर्मन क्लब बायर्न म्यूनिख र स्पेनिश क्लब बार्सिलोनाले भने ५–५ पटक उपाधि जितेका छन् । 

खेलाडीहरुमा सबैभन्दा बढी गोल 
पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डोले सबैभन्दा बढी गोल गरेका छन् । रोनाल्डोले १६२ खेल खेलेर १२६ गोल गरेका छन् । 

दोस्रो स्थानमा अर्जेन्टाइन खेलाडी लियोनल मेस्सी रहेका छन् । मेस्सीले १३५ खेल खेलेर ११२ गोल गरेका छन् । 

तेस्रो स्थानमा स्पेनिश खेलाडी राउल रहेका छन् । उनले १४२ खेलमा ७१ गोल गरेका छन् । 

बढी गोल गर्ने दौडमा फ्रेन्च खेलाडी करिम बेन्जेमा चौथो स्थानमा छन् । उनले ११२ खेलमा ६० गोल गरेका छन् । पाँचौं स्थानमा डच खेलाडी रुढ भान रहेका छन् । उनले ७३ खेलमा ५६ गोल गरेका छन् । 

पुरस्कार राशी
६४ वर्ष पुरानो यस प्रतियोगितामा यसपटक ३२ टिमले सहभागीता जनाउँदै छन् । पुरस्कार राशी विश्वकप जित्ने टिमभन्दा १४३ प्रतिशतले बढी हुने गर्दछ । 

विश्वकप विजेता फ्रान्सले सन् २०१८ मा ४१६ करोड रुपैयाँ जितेको थियो भने च्याम्पियन्स लिगको विजेताले १०११ करोड रुपैयाँ जित्नेछ । 

ग्रुप स्टेजमा पुग्ने टिमले १५ मिलियन युरो कमाउने छ । त्यस्तै राउन्ड अफ सिक्सटिनमा पुग्ने टिमले ९.५ मिलियन युरो कमाउने छ । क्वार्टरफाइनल पुग्ने टिमले १०.५ मिलियन युरो कमाउँदा सेमिफाइनल पुग्ने टिमले १२ मिलियन युरो कमाउने छ । 

फाइनल पुग्ने टिमले १५ मिलियन युरो कमाउने छ भने विजेता टिमले ट्रफीसहित ४ मिलियन युरो कमाउने छ । 

युएफाले प्रत्येक खेलको २.७ मिलियन युरो दिनेछ भने प्रत्येक खेल बराबरी गर्दा ९००,००० युरो दिनेछ । 

यदि कुनै पनि टिमले सबै खेल जितेर उपाधि लैजान्छ भने उसको भागमा ८२.२ मिलियन युरो साथमा हुनेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ