arrow

अस्तव्यस्त ‘आखेटोपहार’को व्यवस्थापन गर्न निर्देशन

औचित्य र आवश्यकताको आधारमा सम्बन्धित निकायलाई दिन सकिने

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
bannyajantu-a.png.png
काठमाडौं । व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण संरक्षण समितिले आखेटोपहार ‘वन्यजन्तुको अङ्ग प्रत्यङ्ग’ को उचित व्यवस्थापन गर्न वन तथा भू–संरक्षण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको पूर्ण बैठकले आखेटोपहार व्यवस्थित ढङ्गसँग राख्न नसकेको भन्दै त्यसको व्यवस्थापन गर्न वन मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले सभापति जनकराज चौधरीको नेतृत्वमा सशस्त्र वन रक्षक तालिम केन्द्र, टिकौली र चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरामा भण्डारण भएका आखेटोपहारको अवलोकनपछि त्यस्तो निर्देशन दिएको हो । 
 
समितिले आखेटोपहारको व्यवस्थापन गर्नु पूर्व सडिगली रहेकाबाहेक आखेटोपहारको संख्या, तौल वा आकारसमेत खुल्नुपर्ने र सो बमोजिम प्राविधिक टोलीले उक्त वस्तुलाई छुट्टाई व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ । मौजुदा आखेटोपहारमध्ये प्राविधिक एवम् वैज्ञानिक दृष्टिकोणले भविष्यको लागि सुरक्षित राख्नुपर्ने आखेटोपहार तथा नमुनाका लागि सुरक्षित गर्न आखेटोपहारलाई मन्त्रालयले सुरक्षित राख्ने गरी दिगो व्यवस्थापन गर्ने र अन्य आखेटोपहारको हकमा वारकोडको प्रयोगलगायतका आवश्यक व्यवस्थापन गर्नुपर्ने निर्देशन छ । 
 
समितिले आखेटोपहार व्यवस्थापन गर्दा औचित्य र आवश्यकताको आधारमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, सिंहदरबार वैद्यखानालगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका शैक्षिक तथा वैज्ञानिक निकायलाई प्रयोग गर्न सरकारले कानुनबमोजिम उपलब्ध गराउने र सोको प्रयोगबारे अनुगमन गर्न दिनुपर्ने सुझाव दिएको छ । 
 
समितिले नेपाल सरकारले राम्रो अवस्थामा रहेका आखेटोपहारमध्ये सुरक्षित एवम् व्यवस्थितरुपमा राख्न आवश्यक कानुन, अत्याधुनिक भवन, प्रशोधनशाला, वारकोडको प्रयोग एवम् सङ्ग्रहालय निर्माण गर्नका लागि पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ । 



नयाँ