arrow

रामशरण महतको कुर्कुच्चाको जोर्नीको सफल शल्यकृया

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
ramsaran-mahat.jpg.jpeg
काठमाडौं। आफ्नै घरमा लडेर घाइते हुनुभएका नेपाली काँग्रेसका नेता तथा पुर्ब अर्थमन्त्री डा.रामशरण महतको कुर्कुच्चाको जोर्नीको (Ankle Joint) शल्यक्रिया गरिएको छ ।
 
ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका अर्थोपेडिक सर्जन डाक्टर चक्रराज पाण्डे नेतृत्वको डाक्टरहरुको टिमले शुक्रबार बिहान डा. महतको कुर्कुच्चाको सफल शल्यक्रिया गरेको हो ।
 
डा महतको कुर्कुच्चाको जोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँको उपचारमा संलग्न रहनुभएका अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले जानकारी दिए । 
उहाँको पुर्ण सुस्वास्थ्यको अपेक्षा गरिएको र फिजिकल थेरापिकालागि थप केहिदिन अस्पतालमै राख्नुपर्ने डा. पाण्डेले बताए। 
 
गत १७ गते बुधबार अपरान्ह आफ्नै घरको भर्याङबाट लडेर बायाँ गोडामा चोट लागेपछि उहाँलाई तत्काल धापासी स्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ