arrow

वायुसेवा संचालक संघले भन्यो - हेलिकप्टरहरु आकस्मिक होइन सुरक्षित अवतरण

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
helecoptor.jpg

काठमाडौं । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– ३ धोडखोलाको दिलमा मंगलबार अवतरण गरिएको  हेलिकप्टरहरु आकस्मिक नभइ सुरक्षित अवतरण गरिएको वायुसेवा संचालक संघले जनाएको छ ।  मंगलबार भएका हेलिकप्टरहरुको उडान तथा अवतरण आकस्मिक नभइ सक्षित उडान तथा अवतरण भएको र यसलाई हेलिकप्टरको प्रक्रियागत सामान्य उडान तथा अवतरणका रुपमा लिइदिन संघले आग्रह गरेको छ ।

वायुसेवा संचालक संघका प्रवक्ता योगराज कडेलले मंगलबार विज्ञप्ति जारी गर्दै  मंगलबारका दिन सोलुखुम्बुको लुक्ला, सुर्के लगायतका स्थानहरुबाट विभिन्न नेपाली हेलिकप्टर सेवा प्रदायक कम्पनीका हेलिकप्टरहरु काठमाडौं आउने क्रममा मौसम प्रतिकूलताका कारणले गर्दा विभिन्न स्थानमा अवतरण गरेको विषयलाई लिएर विभिन्न सञ्चार माध्यमहरुमा हेलिकप्टरहरुले आकस्मिक अवतरण गरेको भन्ने विषयप्रति बायुसेवा संचालक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्  ।

विज्ञप्तिमा भनिएको छ,'मौसमको प्रतिकूलता अनुसार हेलिकप्टरको उडान प्रक्रियामा सुरक्षित अवतरेषणको प्रक्रिया रहेको र मौसमको प्रतिकूलतामा आज भएका सम्पूर्ण उडान तथा अवतरणहरु हेलिकप्टरहरुको सुरक्षित संचालन अन्तर्गतकै प्रक्रिया अनुसार रहेको व्यहोरा स्पात पार्न चाहन्छौं यात्रामा रहेका यात्रु तथा हेलिकप्टरको सुरक्षाका लागि सुरक्षित अवतरणमा पाइलटहरुले देखाएको कुशलताको लागि यस संघ प्रशंसा गर्न चाहन्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ